पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८३, सोमबार ०५:३०

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। मूल्य समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ तथा बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ।

मूल्यवृद्धिपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ तथा बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर कायम भएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor