ग्रीनसिटी हस्पिटल र राष्ट्रियखबर डटकमबीच मिडिया सहकार्यलाई निरन्तरता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८३, बिहीबार ०७:००

काठमाडौं। ग्रीनसिटी हस्पिटल र बोस्टर मिडिया प्रालिद्वारा सञ्चालित राष्ट्रियखबर डटकमबीच स्वास्थ्य सेवा, जनस्वास्थ्य सचेतना तथा अस्पतालका गतिविधिको प्रभावकारी प्रचार–प्रसार र डिजिटल सञ्चार सहकार्यलाई निरन्तरता दिने उद्देश्यले मिडिया सहकार्य सम्झौता सम्पन्न भएको छ।

ग्रीन सिटी हस्पिटल र राष्ट्रियखबर डटकमबीच विगत ७ वर्षदेखि मिडिया पार्टनर (Media Partner) का रूपमा सहकार्य हुँदै आएको छ। सोही सहकार्यलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यले दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतापत्रमा ग्रीन सिटी हस्पिटलका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डन तथा राष्ट्रियखबर डटकमका तर्फबाट सञ्चालक मुकुन्द ढुंगानाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार राष्ट्रियखबर डटकमले अस्पतालका स्वास्थ्य सेवा, विशेषज्ञ चिकित्सकीय सेवा, जनस्वास्थ्यसम्बन्धी सचेतनामूलक सामग्री, स्वास्थ्य शिविर, सामाजिक उत्तरदायित्वका कार्यक्रम, नयाँ प्रविधि, अस्पतालका उपलब्धि तथा अन्य संस्थागत गतिविधिलाई समाचार, विशेष रिपोर्ट, अन्तर्वार्ता, फोटो तथा भिडियो कभरेज र डिजिटल माध्यममार्फत व्यापक रूपमा प्रचार–प्रसार गर्नेछ। साथै अस्पतालको संस्थागत पहिचान अभिवृद्धि गर्ने विशेष सामग्री निर्माण तथा डिजिटल अभिलेखीकरणमा समेत सहकार्य गर्नेछ।

त्यसैगरी, ग्रीन सिटी हस्पिटलले अस्पतालका कार्यक्रम, स्वास्थ्यसम्बन्धी सूचना तथा तथ्यगत विवरण उपलब्ध गराउने, समाचार तथा कभरेजका लागि आवश्यक समन्वय गर्ने तथा मिडिया सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्झौताअनुसार दुवै संस्थाबीचको मिडिया सहकार्यलाई निरन्तरता दिइनेछ। सेवा शुल्क भने दुवै पक्षको आपसी समझदारीअनुसार निर्धारण गरिने व्यवस्था गरिएको छ।

सम्झौतापछि हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डनले गुणस्तरीय स्वास्थ्य सेवासँगै सही र विश्वसनीय स्वास्थ्य जानकारी आम नागरिकसम्म पुर्‍याउनु अस्पतालको दायित्व भएको उल्लेख गरे। उनले राष्ट्रियखबर डटकमसँग विगत सात वर्षदेखि कायम रहेको सहकार्यले अस्पतालका सेवा, जनस्वास्थ्य सचेतना अभियान तथा सामाजिक गतिविधिलाई व्यापक रूपमा जनसमुदायसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

राष्ट्रियखबर डटकमका सञ्चालक मुकुन्द ढुंगानाले ग्रीन सिटी हस्पिटलसँगको सात वर्षदेखिको सहकार्यलाई थप सुदृढ बनाउँदै स्वास्थ्य पत्रकारितालाई अझ जिम्मेवार र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अस्पतालका सेवा, विशेषज्ञ चिकित्सक, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सामग्री तथा स्वास्थ्य क्षेत्रमा भइरहेका सकारात्मक गतिविधिलाई तथ्यपरक, विश्वसनीय र जनहितमुखी ढंगले राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने बताए।

दुवै पक्षले यस सहकार्यले ग्रीन सिटी हस्पिटलका स्वास्थ्य सेवा, जनस्वास्थ्य सचेतना अभियान तथा संस्थागत गतिविधिलाई अझ प्रभावकारी रूपमा राष्ट्रिय तथा डिजिटल माध्यममार्फत आम नागरिकसम्म पुर्‍याउन, अस्पतालको सकारात्मक पहिचान सुदृढ बनाउन तथा स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor