प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ, ४८ करोड रुपैयाँ कर्जा अनियमितताको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८३, बिहीबार ०६:०२

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई पक्राउ गरेको छ। उनलाई बिहीबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरिएको हो।

सीआईबीका अनुसार कर्जा रकम दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धानका लागि पन्तलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अनुसन्धानका क्रममा रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अनियमितता भएको आरोपमा पन्तमाथि छानबिन भइरहेको सीआईबीले जनाएको छ।

यसअघि सोही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशि पौडेललाई सीआईबीले असार ३० गते पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor