कर्मचारी सञ्चय कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा प्रदान गर्न माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८३, बिहीबार ०५:५९

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषका कामु सह–प्रशासक भरत राज वस्तीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। यसअन्तर्गत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवाको लाभ लिन सक्नेछन्।

बैंकले तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप सेवा, डिजिटल बैंकिङ, कर्जा सुविधा, कार्ड सेवा लगायत विभिन्न बैंकिङ सेवाहरू पनि उपलब्ध गराउने जनाएको छ। यी सेवाहरू ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै सञ्चालन गरिने बैंकको भनाइ छ।

माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई अझ उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor