काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताबाट ग्यास अभावको गुनासो आएपछि काभ्रेको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा उद्योगीहरूले हाल पनि ग्यासको आपूर्ति सहज रूपमा भइरहेको दाबी गर्दै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्दा बजारमा अभाव भएको जस्तो देखिएको बताएका छन्।
मन्त्री यादवले बजारमा कृत्रिम अभाव हुन नदिन घरायसी प्रयोजनका लागि ग्यास आपूर्तिलाई प्राथमिकतामा राख्न उद्योगीहरूलाई निर्देशन दिइन्। उनले व्यावसायिक प्रयोजनभन्दा सर्वसाधारण उपभोक्ताको आवश्यकता सुनिश्चित हुने गरी बिक्री–वितरण व्यवस्थापन गर्न पनि आग्रह गरिन्।
सरकारले बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया