काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार भएको थुनछेक सुनुवाइपछि बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अदालतले तोकेको धरौटी रकम बुझाएपछि गोल्छा रिहा हुनेछन्। उनीविरुद्ध दर्ता भएको मुद्दाको कानुनी प्रक्रिया भने अदालतमा निरन्तर अघि बढ्नेछ।
प्रतिक्रिया