काठमाडौं। भिसा अभिलेख कीर्ते गरी गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएको आरोपमा अध्यागमन विभागका कम्प्युटर अपरेटर र एक अमेरिकी नागरिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जे रबिन्सनविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार महतोले २०८० साल फागुनमा अमेरिकी नागरिक रबिन्सनलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएका थिए। यसका लागि नेपालमा आवासीय भिसामा बस्दै आएका लक्जेम्बर्गका एक नागरिकको भिसासम्बन्धी अभिलेख कीर्ते गरिएको आरोप छ।
अध्यागमन विभागको सूचना प्रणालीमा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ प्रणालीको दुरुपयोग गर्दै भिसासम्बन्धी विवरण कीर्ते गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
प्रतिक्रिया