तीन बुँदे सहमतिपछि असन्तुष्ट माधव नेपाललाई भेट्न प्रचण्ड निवासमै पुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८३, मंगलवार ०५:५९

काठमाडौं।  नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेता माधवकुमार नेपाललाई भेट्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान कोटेश्वरस्थित उनकै निवास पुगेका छन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमतिपछि नेपाल पक्षले त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेता नेपालको मुख्य आपत्ति रहेको बताइएको छ।

सहमतिप्रति असन्तुष्ट बनेका नेपालले आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफू निकट नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए।

पार्टीभित्र विवाद चुलिने संकेत देखिएपछि संयोजक प्रचण्ड असन्तुष्टि समाधान गर्ने प्रयासस्वरूप सोमबार बिहान नेपाललाई भेट्न उनकै निवास पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor