सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता, छानबिन समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८३, मंगलवार ०५:५८

काठमाडौं।  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको सरुवा तथा फिर्ता गरेको छ।

गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। सशस्त्र प्रहरी बलका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको ठाउँमा डीएसपी मदन नाथलाई खटाइएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटनापछि थप तनाव हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर

प्रतिक्रिया

Leave a Reply

slot gacor