व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८३, शुक्रबार ०६:१०

काठमाडौं। उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अनुसन्धानका क्रममा उनलाई थुनामा राख्नुपर्ने आदेश दिएको हो।

यसअघि बैंकिङ कसुरको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

अदालतको आदेशसँगै अग्रवाललाई पुर्पक्षका लागि कारागार पठाइने भएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor