काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र गोकर्णेश्वर नगरपालिकाबीच उपचार सम्झौता कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८३, बिहीबार ०६:३६

काठमाडौं । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईसीएच) र गोकर्णेश्वर नगरपालिकाबीच उपचार सेवा सम्बन्धी सम्झौता कार्यक्रम आज आयोजना हुँदैछ।

हालै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा हुने कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि, अस्पतालका पदाधिकारी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।

सम्झौतापछि गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई अस्पतालमार्फत उपलब्ध गराइने स्वास्थ्य उपचार सेवाको पहुँच, सहकार्य तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच सहकार्य हुने अपेक्षा गरिएको छ।

कार्यक्रम आज दिउँसो १ बजे अस्पताल परिसर, हेपाली हाइट, काठमाडौं मा आयोजना हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor