गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८३, बिहीबार ०६:००

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्। मन्त्रिपरिषद्ले समितिलाई गठन भएको मितिबाट सात दिनभित्र घटनाबारे छानबिन गरी प्रतिवेदन सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिएको छ।

गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। उहाँको मृत्युपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।

सहमतिको पहिलो बुँदामा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने तथा समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन बुझाउने उल्लेख थियो। सोही सहमतिअनुसार मन्त्रिपरिषद्ले न्यायिक समिति गठन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor