सेवाले जोडिएको सम्बन्ध: डा. सुवास घिमिरे, सामाजिक अभियानता पत्रकार राजन थापा र ॐ समाज डेण्टल अस्पतालप्रति विदेशीहरूको बढ्दो विश्वास

evccfn@gmail.com' rastriyakhabar
१ श्रावण २०८३, शुक्रबार १४:३७

काठमाडौं। स्वास्थ्य सेवा केवल रोगको उपचार मात्र होइन, मानवता, विश्वास र समर्पणको प्रतिरूप पनि हो। यही भावनालाई आत्मसात् गर्दै वरिष्ठ मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेको नेतृत्वमा सञ्चालित ॐ समाज डेण्टल अस्पतालले नेपालमा गुणस्तरीय र सेवामुखी दन्त उपचारको नयाँ पहिचान बनाउँदै आएको छ।

अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक, आत्मीय व्यवहार र सहज पहुँचका माध्यमबाट हजारौं नेपालीलाई सेवा प्रदान गर्नुका साथै विदेशबाट आउने बिरामीहरूको समेत विश्वास जित्न सफल भएको छ।

उचित लागतमा विश्वस्तरीय उपचार, सेवाभाव र बिरामीप्रतिको सम्मानका कारण विदेशी नागरिकहरू पनि नेपाल आएर ॐ समाज डेण्टल अस्पतालमा उपचार गराउन आकर्षित भइरहेका छन्। उपचारपछि ८७ वर्षीय विदेशी नागरिक मार्टिनले आफ्नो अनुभव सुनाउँदै भने, “मैले धेरै देशमा उपचार गराएँ, तर यहाँ जस्तो आत्मीयता, सम्मान र समर्पित सेवा कहिल्यै पाएको थिइनँ।

डा. सुवास घिमिरे र उहाँको टोलीले मलाई बिरामी होइन, आफ्नै परिवारको सदस्यझैँ व्यवहार गर्नुभयो। नेपालबाट म नयाँ मुस्कान र अविस्मरणीय सम्झना लिएर फर्किरहेको छु।” मार्टिनको यो अनुभवले नेपाली स्वास्थ्य सेवाको गुणस्तर र सेवाप्रतिको समर्पण अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसित हुँदै गएको संकेत गर्छ। यस अभियानसँग सामाजिक अभियानता तथा पत्रकार राजन थापाको सम्बन्ध पनि विशेष छ।

उहाँका अनुसार, ॐ समाज डेण्टल अस्पताल केवल एउटा उपचार केन्द्र नभई मानव सेवाको अभियान हो। देशका विभिन्न दुर्गम बस्तीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकसम्म सेवा पुर्याउने कार्यमा सहभागी हुन पाउनु आफ्नो जीवनको गर्वको क्षण भएको उहाँ बताउनुहुन्छ। राजन थापा भन्छन्, “जब कुनै वृद्धले उपचारपछि पीडामुक्त भएर मुस्कुराउनुहुन्छ, जब कुनै बालबालिकाले निर्धक्क हाँस्न थाल्छन्, त्यही मुस्कान नै मेरो पत्रकारिता र सामाजिक सेवाको सबैभन्दा ठूलो पुरस्कार हो।

समाचारले समाजलाई सचेत बनाउँछ, तर सेवाले समाजलाई परिवर्तन गर्छ।” डा. सुवास घिमिरेको नेतृत्वमा ॐ समाज डेण्टल अस्पतालले उपचारलाई व्यवसायभन्दा माथि उठाएर मानव सेवाको माध्यमका रूपमा अघि बढाउँदै आएको छ। यही सेवाभावका कारण अस्पतालले नेपालभित्र मात्र होइन, विदेशमा समेत आफ्नो विश्वास र प्रतिष्ठा विस्तार गर्दै गएको छ।

सेवा, समर्पण र विश्वासको यही यात्राले ॐ समाज डेण्टल अस्पताललाई नेपाली नागरिकसँगै विदेशी बिरामीहरूको पनि रोजाइको स्वास्थ्य संस्था बनाउँदै लगेको छ।

मानवताको सेवामा समर्पित यस्तो अभियानले नेपालको स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor