काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल लाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइराला को इजलासले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको हो।
उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागको पत्रका आधारमा उनलाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
पक्राउ परेदेखि नै पौडेल विभागको हिरासतमा रहेका छन्। अनुसन्धान पूरा गर्न आवश्यक समय माग गर्दै विभागले विशेष अदालतबाट पटक–पटक म्याद थप गराउँदै आएको छ।
सोमबार थपिएको म्यादसँगै विशेष अदालतले अनुसन्धानका लागि पाँचौँ पटक समय उपलब्ध गराएको हो। विभागले आवश्यक प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया