काठमाडौं । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण गोसाइँकुण्ड यात्राका क्रममा गोकर्णेश्वर नगरपालिकाका नगरवासी समस्यामा परेमा तत्काल नगरपालिकासँग सम्पर्क गर्न आग्रह गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले रसुवा हुँदै गोसाइँकुण्ड जाने क्रममा बाढीका कारण कतै अलपत्र परेका, सम्पर्कविहीन भएका वा अन्य कुनै समस्या भोगिरहेका नगरवासीलाई आफूसँग सिधै सम्पर्क गर्न आग्रह गरेका हुन्।
नगर प्रमुख रिसालले विपद्को समयमा नगरवासीको उद्धार तथा आवश्यक सहयोगका लागि नगरपालिका संवेदनशील रहेको बताउँदै समस्यामा परेका नागरिकलाई तत्काल जानकारी गराउन अनुरोध गरेका छन्।
नगरपालिकाले गोसाइँकुण्ड तथा रसुवा क्षेत्रमा रहेका नगरवासीको अवस्थाबारे जानकारी लिन तथा आवश्यक परेको अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा सहयोगका लागि पहल गर्ने जनाएको छ।
समस्यामा परेका नगरवासीले सम्पर्क गर्न :
📞 नगर प्रमुख दीपक रिसाल : ९८५१०२५६९३
📞 सचिवालय टिम : ९८२३२७८३३०
नगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक अवस्था बाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सम्बन्धित निकायको सुरक्षा निर्देशन पालना गर्न समेत आग्रह गरेको छ।
प्रतिक्रिया