अविरल वर्षापछि काठमाडौंबाट बाहिरिने दुई प्रमुख नाकामा सवारी आवागमन बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०८३, मंगलवार ०६:४०

काठमाडौं । अविरल वर्षासँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरू नागढुंगा र फर्पिङ/दक्षिणकाली हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहानदेखि परेको लगातार वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो जाने सम्भावना बढेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्ला दिनहरूमा विभिन्न राजमार्गमा पहिरो खस्न थालेको र थप जोखिमको सम्भावना रहेकाले पूर्वसतर्कताका रूपमा सवारी आवागमन रोकिएको हो।

विगतमा वर्षायाममा पहिरोका कारण राजमार्गमा सवारीसाधन पुरिँदा मानवीय क्षति भएका घटनालाई ध्यानमा राख्दै यस वर्ष जोखिमयुक्त क्षेत्रमा समयमै सवारी सञ्चालन रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

सुरक्षा निकायले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न, मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

वर्षा नरोकिएसम्म र राजमार्ग सुरक्षित रूपमा सञ्चालन गर्न सकिने अवस्था नबन्दासम्म काठमाडौंबाट बाहिरिने यी मार्गहरूमा सवारी सञ्चालन स्थगित रहने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor