एनिस एन्जल राई र सलिना बिकको स्वरमा ‘मुटुको छेउमा’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८३, सोमबार ०५:४५

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ आधुनिक गीत ‘मुटुको छेउमा’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिक को सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।

प्रेम, समर्पण र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको छ। गीतका शब्द एनिस एन्जल राई स्वयंले लेखेका हुन् भने संगीत खेम सारु मगर ले दिएका छन्। संगीत संयोजन विशाल निरौला ले गरेका छन्।

गीतको रेकर्डिङ ज्ञानेन्द्र गिरि ले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसी ले गरेका छन्। प्राविधिक पक्षसमेत उत्कृष्ट रहेको भन्दै गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतको भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ। भिडियोमा गायक एनिस एन्जल राई स्वयंले अभिनय गरेका छन् भने उनलाई नायिका मनिला राना ले साथ दिएकी छन्।

भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगर ले गरेका छन्। क्यामेरा तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठ ले गरेका हुन् भने प्रोडक्सन व्यवस्थापन रोगेस राना मगरसुनिल थापा मगर ले सम्हालेका छन्। श्रृङ्गार प्रिया मगर ले गरेकी हुन्। भिडियोको निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ एकान्त मगर ले गरेका छन्।

आधुनिक प्रेमकथालाई आकर्षक शैलीमा प्रस्तुत गरिएको ‘मुटुको छेउमा’ ले समकालीन युवा पुस्ताको भावना र अनुभूतिलाई जीवन्त रूपमा अभिव्यक्त गरेको छ। शब्द, संगीत, स्वर र भिडियोको सन्तुलित संयोजनले गीतलाई नेपाली संगीतप्रेमीमाझ थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor