सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८३, बिहीबार ०५:४१

काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बुधबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेलविदुर कोइरालाको इजलासले अनुसन्धानका लागि थप पाँच दिन म्याद थप्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ परेका पौडेललाई यसअघि पनि अदालतले तीन पटकसम्म हिरासतमा राख्न म्याद थप गरिसकेको थियो।

अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपबारे अनुसन्धान जारी रहेकाले आवश्यक प्रमाण सङ्कलन तथा अनुसन्धान प्रक्रिया पूरा गर्न अदालतले पुनः म्याद थप गरेको हो।

यस विषयमा अदालतले कसुर कायम भएको वा दोषी ठहर गरेको छैन। अनुसन्धान जारी रहेकाले अन्तिम निर्णय अदालतको फैसलापछि मात्रै हुनेछ।

प्रतिक्रिया

Leave a Reply