सिरहामा सब डिभिजन वन कार्यालयका प्रमुख १२ हजार रुपैयाँ घुससहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८३, बुधबार ०५:२४

जनकपुरधाम । सिरहास्थित सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई मङ्गलबार सेवाग्राहीबाट घुस रकम बुझ्दै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठका लागि प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।

घुस मागिएको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी दिएपछि आयोगले योजनाबद्ध रूपमा ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट यादवलाई घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply