बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्ने तयारीमा राष्ट्र बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८३, बुधबार ०५:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र स्पष्ट रूपमा वर्गीकरण गर्ने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका पूर्वाधार विकास बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था तथा विभिन्न पेन्सन फन्डको कार्यक्षेत्र छुट्याउने उद्देश्यले अध्ययन भइरहेको छ।

केन्द्रीय बैंकले विभिन्न वित्तीय संस्थाहरूले समान प्रकृतिका सेवा प्रदान गर्दै आएकाले कार्य दोहोरोपन बढेको निष्कर्ष निकाल्दै स्पष्ट कार्यविभाजन र प्रभावकारी नियमनका लागि वर्गीकरण आवश्यक भएको जनाएको छ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि बैंक तथा वित्तीय संस्थाको वर्गीकरणसम्बन्धी अध्ययन सम्पन्न गरी त्यसका आधारमा बैंक तथा गैरबैंक वित्तीय संस्थालाई आफ्नो लक्षित कार्यक्षेत्रमा केन्द्रित भएर सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमिक रूपमा लागू गरिने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले वित्तीय संस्थाबीचको कार्य दोहोरोपन घटाउने, नियमनलाई थप प्रभावकारी बनाउने, स्रोत–साधनको दक्ष उपयोग सुनिश्चित गर्ने तथा वित्तीय सेवा प्रवाहलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस अध्ययनको निष्कर्षका आधारमा भविष्यमा बैंक तथा वित्तीय संस्थाहरूको व्यवसायिक मोडेल, सेवा क्षेत्र तथा नियामकीय दायित्वमा आवश्यक परिमार्जन गरिने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor