शिक्षा र खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्बभन्दा बढी बजेट, गुणस्तरीय शिक्षा र पूर्वाधारमा सरकारको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०८३, मंगलवार ०४:५७

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले आगामी आर्थिक वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।

राष्ट्रियसभामा सोमबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको बताए।

उनका अनुसार आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड विस्तार, डिजिटल शिक्षाको प्रवर्द्धन, सीपमूलक तालिम, विद्यालय पूर्वाधार निर्माण तथा सुधार, दिवा खाजा कार्यक्रम, अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन तथा खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी वृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र प्रविधिमैत्री शिक्षण प्रणाली विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको पनि बताए।

उनले शिक्षा र खेलकुद क्षेत्रको समग्र विकासका माध्यमबाट दक्ष, प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै विनियोजित बजेटले शिक्षा प्रणालीको गुणस्तर सुधार र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply