पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०८३, बुधबार ०५:१५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाइएको हो। नयाँ मूल्यदर असार १७ गतेदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँडिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ ले घटाइएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।

उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा लागू गरिएको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको हो।

निगमले ढुवानी दूरीका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गर्दै आएको छ। पछिल्लो मूल्य समायोजनसँगै उपभोक्तालाई इन्धन खरिदमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor