कर्मचारी सरुवा अब पूर्ण रूपमा अनलाइन, मन्त्रालयले लागू गर्‍यो नयाँ सफ्टवेयर प्रणाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०८३, बुधबार ०५:१०

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित, प्रविधिमैत्री र पूर्वानुमानयोग्य बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याएको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अबदेखि सरुवासम्बन्धी सम्पूर्ण प्रक्रिया अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्रै सञ्चालन हुनेछ। यससँगै कागजी प्रक्रियालाई विस्थापित गर्दै डिजिटल प्रणालीमार्फत सरुवा व्यवस्थापन गरिने भएको हो।

नयाँ व्यवस्थाअनुसार सरुवा हुन इच्छुक कर्मचारीहरूले प्रणालीमा आफ्नो व्यक्तिगत खाता (एकाउन्ट) सिर्जना गरी अनलाइनमार्फत नै सरुवाको निवेदन दर्ता गर्नुपर्नेछ। मन्त्रालयले अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनलाई मान्यता नदिने स्पष्ट गरेको छ।

कर्मचारीहरूलाई प्रणाली प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक प्रयोगकर्ता म्यानुअल तथा अन्य जानकारी पनि सफ्टवेयरमै उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नयाँ प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सबै कर्मचारी तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ। कर्मचारीहरूले सरुवा प्रक्रियाका लागि saruwa.mofaga.gov.np मा लगइन गरी आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

नयाँ प्रणाली लागू भएसँगै कर्मचारी सरुवा प्रक्रियामा पारदर्शिता, छिटो सेवा प्रवाह तथा अनावश्यक झन्झट कम हुने मन्त्रालयको विश्वास रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor