गृहमन्त्री गुरुङले आफ्नै गाडीबाट हटाए कालो सिसा, ट्राफिक अभियानलाई दिए साथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०८३, मंगलवार ०५:५२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको कालो सिसा हटाउने अभियानलाई समर्थन गर्दै आफ्नै सरकारी सवारीसाधनबाट कालो स्टिकर (कालो सिसा) हटाएका छन्। गृहमन्त्रीसँगै गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा पनि हटाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीसाधनमा रहेको कालो स्टिकर हटाएको हो।

ट्राफिक प्रहरीले राजधानीमा कालो सिसा हटाउने अभियानलाई तीव्र बनाइरहेका बेला गृहमन्त्री गुरुङ आफैँ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सवारीबाट पनि कालो सिसा हटाउन निर्देशन दिएका थिए। त्यसपछि ट्राफिक प्रहरीले दुवै सरकारी सवारीसाधनबाट कालो स्टिकर हटाएको हो।

गृहमन्त्रीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने सन्देश दिँदै अभियानमा आफूबाटै सुरुवात गरेको बताइएको छ। सरकारी सवारीसाधनबाट कालो सिसा हटाइएपछि ट्राफिक प्रहरीको अभियानलाई थप प्रभावकारी बनाउन यस कदमले सकारात्मक सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो समय कालो सिसा प्रयोग गर्ने सवारीसाधनमाथि निगरानी बढाउँदै कानुनविपरीत जडान गरिएका स्टिकर हटाउने अभियान सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor