रास्वपाको प्रदेशगत केन्द्रीय सदस्य निर्वाचन परिणाम सार्वजनिक, विभिन्न प्रदेशमा शीर्ष मतदाताको टुंगो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८३, शुक्रबार ०५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत प्रदेशगत (भूगोल समूह) तर्फको केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक गरिएको नतिजा विद्युतीय मतदान (ईभीएम) मार्फत खसेको मतका आधारमा तयार गरिएको हो। प्रवासबाट अनलाइनमार्फत ४० प्रतिनिधिले पनि मतदान गरेका थिए।

सार्वजनिक मतपरिणामअनुसार कोशी प्रदेशबाट निशा मेहताले १,८६१ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याएकी छन्। उनका पछि विश्वराज पोखरेलले १,४६०शोभा कार्कीले १,२०४ मत प्राप्त गरेका छन्।

मधेश प्रदेशमा सुष्मा बस्नेतले १,४१८ मतसहित पहिलो स्थान हासिल गरेकी छन्। सरिताकुमारी चौधरीले १,२८०नमिता यादवले १,११९ मत प्राप्त गरेका छन्।

बागमती प्रदेशबाट प्रभा ढकालले १,५१३ मतसहित शीर्ष स्थानमा रहँदा विदुसी राणाले १,३१०आकांक्षा पोखरेलले ८५० मत प्राप्त गरेका छन्।

गण्डकी प्रदेशमा पवित्रा थापाले १,०४२ मतसहित पहिलो स्थान हासिल गरिन्। मनिष खनालले १,०१२सोम शर्माले ९५५ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेले १,१०७ मतसहित अग्रस्थानमा रहिन्। संगीता ढकालले १,०९२ज्ञानु पौडेलले ८९७ मत प्राप्त गरेका छन्।

कर्णाली प्रदेशमा सीता वादीले १,७५१ मतसहित सर्वाधिक मत प्राप्त गरिन्। विनिता कठायतले १,५००टासी ल्हजोमले १,१३५ मत ल्याएका छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा हेमराज थापाले २,०३० मतसहित सबैभन्दा बढी मत प्राप्त गरेका छन्। त्यसपछि केपी खनालले १,८४०, दीपकराज मोहराले १,४५०, जानकी जोशीले १,१४८चन्द्रा ए. चाँदनीले १,१२६ मत प्राप्त गरेका छन्।

रास्वपाको नयाँ विधानअनुसार पार्टीको १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। त्यसमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य सभापतिको मनोनयन र प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहने प्रावधान छ।

प्रदेशगत मतपरिणाम सार्वजनिक भएसँगै अब पार्टीको पदाधिकारी चयन प्रक्रिया अगाडि बढ्ने भएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले आगामी नेतृत्व संरचनाप्रति पार्टीभित्र र बाहिर चासो बढेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor