रास्वपाको केन्द्रीय सदस्य निर्वाचन : स्वर्णिम वाग्ले सर्वाधिक मतसहित पहिलो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८३, शुक्रबार ०५:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक २,६०७ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्।

उनको पछाडि सोविता गौतम २,५९४ मतसहित दोस्रो र शिशिर खनाल २,४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै सागर ढकालले २,३३३, तोसिमा कार्कीले २,२५७, रञ्जु दर्शनाले २,२४९ तथा मनिष झाले २,२३७ मत प्राप्त गरेका छन्।

त्यसैगरी हरि ढकाल (२,२१९), कविन्द्र बुर्लाकोटी (२,१८४), विपिन आचार्य (२,१२६), रमेश प्रसाईं (२,१२३), विराजभक्त श्रेष्ठ (२,०९४), निशा डाँगी (२,०७९), इन्दिरा राना मगर (२,०४७), गणेश पराजुली (२,०४५), जगदीश खरेल (ललितपुर) (२,०४४), पुकार बम (२,०३०) र सुलभ खरेल (२,००८) ले पनि उल्लेखनीय मत प्राप्त गरेका छन्।

रास्वपाको नयाँ विधानअनुसार पार्टीमा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। त्यसमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्नेसातै प्रदेशका सभापति पदेन सदस्य रहने प्रावधान छ।

चितवनमा जारी महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि २०४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचनमा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका हुन्।

मतगणना सम्पन्न भएसँगै रास्वपाले नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। अन्य पदहरूको नतिजा सार्वजनिक गर्ने कार्य पनि क्रमशः जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor