सङ्खमूलमा ‘लेकाली सेकुवा एण्ड रेष्टुरेन्ट’को भव्य उद्घाटन हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०८३, बुधबार १९:१८

काठमाडौं । नेपाली मौलिक स्वाद, पारिवारिक वातावरण र उत्कृष्ट सेवाको प्रतिबद्धतासहित लेकाली सेकुवा एण्ड रेष्टुरेन्ट आगामी असार १७ गते देखि सङ्खमूलमा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

रेष्टुरेन्टले नेपाली खानाका परम्परागत परिकार, विभिन्न प्रकारका स्वादिष्ट सेकुवा तथा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

रेष्टुरेन्टका सञ्चालक राजेश सिंह विष्टले ग्राहकलाई स्वाद र सेवामा नयाँ अनुभव दिने उद्देश्यका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको बताए।

उनले भने,“नेपाली खानाको वास्तविक स्वाद र आत्मीय सेवा दिने उद्देश्यले लेकाली  सेकुवा एण्ड रेष्टुरेन्ट स्थापना गरेका हौँ। ग्राहक हाम्रो लागि भगवान सरह हुन्। यहाँ आउने प्रत्येक पाहुनाले स्वादिष्ट खाना मात्र होइन, घरकै जस्तो अपनत्व र सम्मानको अनुभूति गर्न सकून् भन्ने हाम्रो चाहना हो। सबैलाई उद्घाटन कार्यक्रममा उपस्थित भई हौसला प्रदान गरिदिन हार्दिक निमन्त्रणा गर्दछु।”

सञ्चालक विष्टका अनुसार रेष्टुरेन्टमा स्वच्छता, गुणस्तर र ग्राहक सन्तुष्टिलाई विशेष प्राथमिकता दिइनेछ। परिवार, साथीभाइ तथा विभिन्न जमघटका लागि उपयुक्त वातावरण तयार गरिएको उनले बताए।

सङ्खमूल क्षेत्रमा नयाँ आकर्षणका रूपमा आउन लागेको लेकालीसेकुवा एण्ड रेष्टुरेन्ट नेपाली स्वादका पारखीहरूको रोजाइ बन्ने विश्वास लिइएको छ। रेष्टुरेन्ट परिवारले उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor