निजामती कर्मचारी अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान सेवा बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८३, सोमबार ०५:०९

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत ६ महिनादेखि बन्द हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन्।

सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएपछि सेवा पूर्ण रूपमा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माका अनुसार मेसिन बिग्रिएकै कारण बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था सिर्जना भएको छ।

दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालमा सिटी स्क्यानजस्तो महत्वपूर्ण सेवा बन्द हुँदा सेवाग्राहीले महँगो शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। सेवा पुनः सञ्चालनबारे अस्पतालले हालसम्म स्पष्ट जानकारी दिएको छैन।

प्रतिक्रिया

slot gacor