काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई सबल र सक्षम बनाउन केन्द्रीय बैंकलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै उनले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकलाई तत्काल निर्णय गर्न सक्ने कानुनी अधिकार आवश्यक रहेको बताए।
उनले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ६ वटा महत्वपूर्ण कानुन संशोधनको मस्यौदा अर्थ मन्त्रालयमा पेस गरिएको जानकारी दिए। साथै, २२ अर्ब डलरभन्दा बढी विदेशी विनिमय सञ्चिति रहेको उल्लेख गर्दै जोखिम व्यवस्थापनका लागि ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गर्नुपर्ने सुझाव पनि दिए।
प्रतिक्रिया