काठमाडौं । नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा भएको भनिएको कर छलीबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभामा एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले करका दर हेरफेर गरी राज्यलाई नोक्सान पुर्याइएको आरोप लगाउँदै छानबिन हुनुपर्ने बताएका हुन्।
साथै उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रतिक्रिया