काठमाडौं । सम्पत्ति शुद्धीकरण प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका दिपक भट्टको करिब ६ करोड ३० लाख रुपैयाँ मूल्यको गाडी जफत गरिएको छ।
विशेष अदालतले भट्टलाई थुनामा पठाउँदै ०१-०३३ च १ नम्बरको गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको हो। साथै, बरामद मोबाइल अदालतको जिन्सीमा राख्न र अमेरिकी डलर तथा थाइ भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि आदेश दिएको छ।
यसै प्रकरणमा सुलभ अग्रवाललाई पनि थुनामा पठाइएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ, बीमा, धितोपत्र तथा विदेशी विनिमय सम्बन्धी कसुरको आरोप छ।
प्रतिक्रिया