काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया