आइतबारको सार्वजनिक बिदा खारेज हुने समाचार असत्य : सरकारको स्पष्टोक्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८३, सोमबार ०५:५६

काठमाडौं । सरकारले शनिबार र आइतबार दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा खारेज हुने भन्ने समाचार असत्य रहेको स्पष्ट पारेको छ।

केही सञ्चारमाध्यममा सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी गरेको समाचार प्रकाशित भएपछि सरकारको तर्फबाट यसको खण्डन गरिएको हो।

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने समाचार गलत भएको बताउँदै यसबारे कुनै निर्णय नभएको स्पष्ट पारेकी छन्। उनले भनिन्, “यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र हाल कुनै तयारी पनि छैन।”

यसअघि पश्चिम एसियाको समस्या तथा इन्धन मूल्यवृद्धिको प्रभाव न्यूनीकरण गर्दै जनजीवन सहज बनाउन मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरिएको थियो। सोही निर्णयअनुसार कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म कायम गरिएको थियो।

प्रतिक्रिया

slot gacor