बुढानीलकण्ठमा संघ–संस्थाहरूको वार्षिक कार्य प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८३, मंगलवार ०६:०९

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नगर क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूको वार्षिक कार्य प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले वर्षभरि सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे समीक्षा तथा छलफल गरिएको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संघ–संस्थाले सञ्चालन गर्दै आएका गतिविधिलाई नगरपालिकाको विकास, सामाजिक रूपान्तरण तथा समृद्धिसँग जोडेर अघि बढाउन आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल भएको थियो।

नगरपालिकाले स्थानीयस्तरमा क्रियाशील संघ–संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहकार्य र समन्वयलाई प्राथमिकता दिएको जनाएको छ।

आगामी दिनमा संघ–संस्थाका गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै नगरको समग्र विकासमा योगदान पुर्‍याउने विषयमा समेत छलफल भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor