स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा गल्याङदेखि साङलियातर्फ जाँदै गरेको ग.१ ज. ६५३४ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार उकालो घुम्तीमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–९ का यामबहादुर विक र गल्याङ नगरपालिका–८ की सदीक्षा थापा रहेका छन्।
दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया