माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, कारोबार सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०८३, बिहीबार ०४:५४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गरेको थियो। उक्त शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ। बैंकका अनुसार उक्त अग्राधिकार शेयर २०८२ जेठ १९ गते नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत भएसँगै उक्त अग्राधिकार शेयर २०८३ जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ।

यस शेयरमार्फत लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत प्रतिफल प्राप्त गर्ने व्यवस्था रहेको छ। बैंकले पूँजी संरचना सुदृढ बनाउने तथा दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापन गर्ने उद्देश्यले उक्त अग्राधिकार शेयर निष्कासन गरेको जनाएको छ।

नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमार्फत उक्त शेयर खरिद–बिक्री गर्न सक्नेछन्। बैंकका अनुसार यस कदमले पूँजी बजारमा लगानीका नयाँ अवसर सिर्जना गर्नुका साथै संस्थागत लगानीको दायरा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले विगतदेखि नै आधुनिक बैंकिङ सेवा विस्तार गर्दै ग्राहककेन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकको अग्राधिकार शेयर सूचीकृत भएसँगै लगानीकर्ताहरूलाई स्थिर प्रतिफल प्राप्त गर्ने अर्को विकल्प समेत उपलब्ध भएको छ।

प्रतिक्रिया

Leave a Reply