सामुदायिक विद्यालयका विपन्न विद्यार्थी लक्षित जनचेतना तथा छात्रवृत्ति कार्यक्रम हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८३, मंगलवार ०५:३२

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई लक्षित गरी जनचेतना तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरिने भएको छ।

वडाले विद्यार्थीहरूको शैक्षिक उन्नयन, अध्ययनप्रति रुचि अभिवृद्धि तथा सामाजिक चेतना विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रम २०८३ असार १ ९ गते श्री अरुणोदय माध्यमिक विद्यालयमा आयोजना हुनेछ।

कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिनुका साथै शिक्षा, अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व र उज्ज्वल भविष्य निर्माणसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण प्रदान गरिनेछ।

वडा नं. ९ ले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको मनोबल उच्च बनाउने, विद्यालय छाड्ने दर न्यूनीकरण गर्ने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

कार्यक्रमको सहजीकरण शुभम मल्टिमिडियाले गर्नेछ। स्थानीय समुदाय, विद्यालय, अभिभावक तथा विद्यार्थीबीच समन्वय र सहकार्य बढाउँदै शैक्षिक वातावरण सुधारमा कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीहरूको क्षमता विकास र प्रोत्साहनका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply