२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र शिक्षामा सबैभन्दा बढी लगानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८३, शनिबार ०६:०२

काठमाडौं।  नेपाल सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले अर्थ मन्त्रालय का लागि ८४ अर्ब ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तै, खर्चको विस्तृत शीर्षक नखुलाइएको ‘विविध’ शीर्षकमा ९० अर्ब ४२ करोड रुपैयाँ राखिएको छ। अर्थविद्हरूले यस्तो अपारदर्शी शीर्षकमा बजेट विनियोजन नगर्न सुझाव दिँदै आए पनि सरकारले प्राकृतिक विपत्ति तथा आकस्मिक आवश्यकताका लागि यस्तो व्यवस्था गरिएको बताउँदै आएको छ।

यस वर्षको बजेटमा पूर्वाधार र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालय लाई ३ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ। दोस्रो ठूलो बजेट शिक्षा तथा खेलकुद मन्त्रालय लाई २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ।

मन्त्रालयगत बजेट विनियोजन

मन्त्रालय बजेट
पूर्वाधार विकास मन्त्रालय रु ३ खर्ब २ अर्ब ८३ करोड
शिक्षा तथा खेलकुद मन्त्रालय रु २ खर्ब १८ अर्ब ३० करोड
महिला बालबालिका मन्त्रालय रु १ खर्ब २२ अर्ब ६१ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रु १ खर्ब १४ अर्ब २ करोड
गृह मन्त्रालय रु १ खर्ब ८ अर्ब ३२ करोड
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय रु ९६ अर्ब ४३ करोड
अर्थ मन्त्रालय रु ८४ अर्ब ७३ करोड
कृषि, वन तथा पर्यावरण मन्त्रालय रु ७३ अर्ब १२ करोड
रक्षा मन्त्रालय रु ६४ अर्ब ९६ करोड
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय रु १४ अर्ब ९४ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रु १० अर्ब ५३ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रु ९ अर्ब ३४ करोड
परराष्ट्र मन्त्रालय रु ८ अर्ब ७३ करोड
सूचना तथा सञ्चार मन्त्रालय रु ५ अर्ब ९३ करोड
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय रु ४ अर्ब
युवा, श्रम तथा रोजगार मन्त्रालय रु ३ अर्ब ६२ करोड
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय रु ५८ करोड

बजेटअनुसार सबैभन्दा कम विनियोजन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लाई गरिएको छ, जहाँ ५८ करोड रुपैयाँ मात्र छुट्याइएको छ।

सरकारले उत्पादन, पूर्वाधार, शिक्षा, ऊर्जा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै आर्थिक वृद्धिदर बढाउने, रोजगारी सिर्जना गर्ने र विकास आयोजनाहरूलाई तीव्रता दिने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply