काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार अदालतको आदेशलगत्तै प्रसाईंलाई रिहा गरिएको हो।
प्रहरीले प्रसाईंविरुद्ध साइबर कसुर तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको थियो।
उनी केही दिनअघि वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका थिए।
प्रतिक्रिया