दुर्गा प्रसाईं विरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८३, मंगलवार ०५:५०

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रसाईंविरुद्ध साइबर अपराध (विद्युतीय कारोबार ऐन) तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको पर्सा प्रहरीले जनाएको छ।

अदालतमा मुद्दा दर्ता भएसँगै सोमबार उनलाई बयानका लागि उपस्थित गराइएको थियो। तर समय अभावका कारण बयान प्रक्रिया पूरा हुन नसकेपछि अदालतले उनलाई मंगलबार पुनः उपस्थित गराउने गरी न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गत जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध सामाजिक सद्भाव बिगार्ने, व्यक्तिविशेषप्रति घृणा वा द्वेष फैलाउने तथा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने खालका अभिव्यक्ति दिएका थिए।

सोही आधारमा उनीमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply