काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश दिएको हो।
गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने व्यवस्था गरिएको छ।
तर उक्त व्यवस्था विपरीत विशेष अदालतको सट्टा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले सो कदम सच्याएको हो।
सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन स्पष्ट आदेश दिएको छ।
प्रतिक्रिया