सभापति लामिछानेको भारत यात्रामा सरकारको जवाफ : प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८३, मंगलवार ०५:४१

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा प्रवक्ता पोखरेलले सो कुरा बताएका हुन्।

‘सभापतिज्यू आफ्नै ढङ्गले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ प्रवक्ता पोखरेलले भने। उनले प्रधानमन्त्री शाह अहिले भारत मात्र नभएर तत्कालका लागि अन्य कुनै पनि मुलुकको भ्रमण गर्ने तयारीमा नरहेको समेत प्रष्ट पारे।

अहिले सरकारको मुख्य ध्यान र प्राथमिकता सुरुवाती १०० दिनको कार्ययोजना र काममै केन्द्रित रहेकाले वैदेशिक भ्रमण प्राथमिकतामा नपरेको उनले जिकिर गरे। प्रवक्ता पोखरेलले अगाडि थपे, ‘प्रधानमन्त्रीज्यूको भारत जाने अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानुभएको होइन, अहिले विदेश कतै पनि जानुभएको छैन। अहिले पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ र हामी सुरुवाती कामहरूमा बढी केन्द्रित छौँ।’

प्रतिक्रिया

Leave a Reply