रास्वपा गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०८३, आईतवार ०५:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोकर्णेश्वर नगर समितिको प्रथम नगर अधिवेशनबाट भागवत सापकोटा नगर सभापतिमा निर्वाचित हुनुभएको छ। शनिवार जोरपाटी नयाँबस्तीमा सम्पन्न अधिवेशनमा भएको निर्वाचनमा सापकोटाले ७७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

उहाँका प्रतिस्पर्धी आदर्श क्षेत्रीले ६५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। सभापतिबाहेक अन्य अधिकांश पदमा भने उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए।

अधिवेशनबाट सचिवमा कृष्ण प्रसाद चम्लागाई निर्वाचित हुनुभएको छ भने उपसभापतिमा सुजित बहादुर खत्री तथा सहसचिवमा उत्तम प्रसाद दाहाल निर्वाचित हुनुभएको छ।

त्यसैगरी नगर समितिका सदस्यहरूमा सुमित्रा धिमाल, पूर्णबहादुर दमाई, श्यामहरि पोख्रेल, मधु घिमिरे, रुपेश कुमार अर्याल, सुमित्रा दुलाल, अनिता पौडेल, समिता श्रेष्ठ तथा रश्मी परियार निर्वाचित हुनुभएको छ।

१५ सदस्यीय नगर समितिमा दुई जना सदस्य भने पछि मनोनित गरिने जनाइएको छ।

अधिवेशनमा रास्वपाका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले गोकर्णेश्वरमा पार्टी संगठनलाई थप सशक्त बनाउँदै सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवनिर्वाचित सभापति भागवत सापकोटाले सम्पूर्ण मतदाता, कार्यकर्ता तथा सहयोगीप्रति आभार व्यक्त गर्दै गोकर्णेश्वरमा पार्टीलाई बलियो संगठनका रूपमा स्थापित गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply