काठमाडौं । अमेरिकी दूतावास नेपाल (U.S. Embassy Nepal) र युथ इनोभेसन ल्याब कन्सल्ट प्रा.लि. (Youth Innovation Lab Consult Pvt. Ltd.) को सहकार्यमा “FutureFront: Powering Digital Innovation through Content & AI” पहलअन्तर्गत चार दिने “AI Innovation Lab Bootcamp” सफलतापूर्वक सम्पन्न भएको छ।
कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल नवप्रवर्तन तथा जिम्मेवार प्रविधिको प्रयोगले विश्वव्यापी रूपमा अर्थतन्त्र र समाजको भविष्य निर्धारण गरिरहेको वर्तमान समयमा आयोजना गरिएको उक्त कार्यक्रमले नेपाली युवा नवप्रवर्तक तथा स्टार्टअप उद्यमीहरूलाई व्यावहारिक सीप, मार्गदर्शन तथा AI-आधारित उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय दृष्टिकोण प्रदान गर्ने उद्देश्य राखेको थियो।
बुटक्याम्पमा नेपालका २० जना सम्भावनायुक्त AI नवप्रवर्तक तथा स्टार्टअप संस्थापकहरू सहभागी भएका थिए। कार्यक्रममा मानव–केन्द्रित नवप्रवर्तन, स्टार्टअप तयारी तथा जिम्मेवार AI अभ्याससम्बन्धी गहन प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत विशेषज्ञद्वारा सञ्चालन गरिएका कार्यशाला, सहकार्यात्मक नवप्रवर्तन अभ्यास, मार्गदर्शन सत्र तथा व्यवहारिक प्रशिक्षणमार्फत AI workflow design, market readiness, user experience mapping, innovation storytelling, startup legal compliance तथा responsible technology development जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।
सहभागीहरूले SecurityPal, CYAN Innovations, reAlpha Nepal, Fusemachines, Vidhi Legal Concern, Leapfrog तथा Product Vidhyalaya लगायतका संस्थाका विज्ञ तथा इकोसिस्टम नेतृत्वकर्तासँग अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त गरेका थिए।
आयोजकका अनुसार नेपालमा AI र डिजिटल नवप्रवर्तनको महत्व दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस कार्यक्रमले युवा–नेतृत्वको नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालको बढ्दो स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
युथ इनोभेसन ल्याबले कार्यक्रमका मुख्य सन्देश र उपलब्धिहरूलाई व्यापक रूपमा प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण मानेको छ। साथै, नवप्रवर्तन, उद्यमशीलता तथा नेपालको डिजिटल भविष्य निर्माणमा युवा नवप्रवर्तकहरूको भूमिकाबारे व्यापक संवाद आवश्यक रहेको उल्लेख गरिएको छ।
कार्यक्रमसम्बन्धी प्रेस विज्ञप्तिको नेपाली तथा अंग्रेजी संस्करणसँगै कार्यक्रमका तस्वीरहरू समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
प्रतिक्रिया