“हाम्रो जोवन” म्युजिक भिडियोको विशेष प्रिमियर शो भव्य रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८३, शुक्रबार १९:१३

काठमाडौं । नेपाली म्युजिक भिडियो हाम्रो जोवन को विशेष प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कलाकार, मोडल, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

म्युजिक भिडियोका निर्देशक निशान परियार ले “हाम्रो जोवन” युवापुस्ताको भावना, प्रेम र जीवनका यथार्थ पक्षलाई समेटेर निर्माण गरिएको बताए। उनले सम्पूर्ण टिमको मेहनत र दर्शकको साथले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए।

यस म्युजिक भिडियोका गीतकार सुरेन्द्र बस्नेत हुन् भने संगीत तथा एरेञ्ज दिपेश प्रधान ले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ दीप स्टुडियो मा गरिएको हो।

त्यस्तै बाँसुरी वादन नगेन्द्र राई र गितार वादन आशिष बस्नेत ले गरेका छन्।

म्युजिक भिडियोमा कलाकार तथा मोडल सुदीप हमालअम्बिका तामाङ को अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी राजाराम तामाङ ले गरेका हुन्।

भिडियोको छायांकन तथा सम्पादन/रङ संयोजन सुमित तामाङ (जंगली) ले गरेका छन् भने मेकअप आर्टिस्टका रूपमा अर्चना परियार रहेकी छन्। क्यामेरा सहायकको भूमिका दिपेन्द्र तामाङ ले निर्वाह गरेका छन्।

पोस्ट प्रोडक्सनको कार्य रिना ओमु लामा ह्योल्मो ले सम्हालेकी छन्।

निर्माण टिमले विशेष धन्यवाद ज्ञापन गर्दै रिना ओमु लामा ह्योल्मो, प्रेमा ज्याबा ह्योल्मो, दावा मिङमार शेर्पा, निमा पाख्रिन लामा, राजाराम तामाङ, दिपेन्द्र तामाङ, राजिन तामाङ, रोशन घिमिरे तथा प्रविन लोप्चन प्रति आभार व्यक्त गरेको छ।

प्रिमियर शोमा सहभागी दर्शकहरूले भिडियोको प्रस्तुति, अभिनय, संगीत तथा दृश्यांकनको प्रशंसा गरेका थिए। निर्माण टिमका अनुसार हाम्रो जोवन सार्वजनिक भएसँगै दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply