काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीकर्तालाई विशेष “लगानी भिसा” प्रदान गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेल ले विदेशी लगानी प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिने जानकारी दिएका हुन्।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी भिसा प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
सरकारको यो नीतिले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। लगानीकर्तालाई कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाएर उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा विदेशी पूँजी आकर्षित गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ।
यसैबीच सरकारले नेपालमै बसेर विदेशी कम्पनीका लागि डिजिटल माध्यमबाट काम गर्ने व्यवस्थालाई पनि कानुनी मान्यता दिने घोषणा गरेको छ।
हाल विश्वभर “रिमोट वर्क” र डिजिटल रोजगारीको अभ्यास तीव्र रूपमा बढिरहेका बेला सरकारले नेपाली युवालाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्ने नीति अघि सारेको हो।
नीति तथा कार्यक्रममा सूचना प्रविधि तथा डिजिटल सेवामार्फत विदेशी कम्पनीका लागि काम गर्ने नेपाली नागरिकको गतिविधिलाई कानुनी र कर प्रणालीभित्र ल्याइने उल्लेख गरिएको छ।
विशेषज्ञहरूका अनुसार यस व्यवस्थाले:
प्रतिक्रिया