काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले गुणस्तरीय सेवा प्रवाह, सुशासन तथा संस्थागत सुधारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको छ। Quality Austria र IQNET को संयुक्त मान्यतासहित प्राप्त यो प्रमाणपत्रले स्थानीय तहको सेवा प्रवाहलाई विश्वस्तरको मापदण्डमा स्थापित गरेको जनाइएको छ।
तौलुङस्थित वडा कार्यालय परिसरमा २०८३ वैशाख २५ गते आयोजित विशेष समारोहबीच उक्त प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा मन्त्री थापाले वडा कार्यालयको उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा व्यवस्थापनको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै अन्य स्थानीय तहलाई पनि अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन प्रेरणा मिल्ने बताए।
मिठाराम अधिकारी ले नागरिकको विश्वास जित्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै ISO प्रमाणपत्रलाई त्यसैको प्रतिफलका रूपमा व्याख्या गरे। त्यस्तै उपप्रमुख अनिता लाम र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला ले कर्मचारीहरूको समर्पण र संस्थागत प्रतिबद्धताले यो सफलता सम्भव भएको बताए।
अस्ट्रियाको प्रतिष्ठित प्रमाणीकरण संस्था Quality Austria द्वारा जारी गरिएको उक्त प्रमाणपत्रलाई IQNET ले समेत मान्यता दिएको छ। यसका कारण प्रमाणपत्र विश्वका ३८ भन्दा बढी राष्ट्रमा मान्य हुने जनाइएको छ।
दर्ता नम्बर AT-34488/0 अन्तर्गत जारी गरिएको प्रमाणपत्र सन् २०२५ अप्रिल २४ देखि २०२९ अप्रिल २३ सम्म वैध रहनेछ।
ISO 9001:2015 विश्वव्यापी रूपमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणाली हो। यसअन्तर्गत:
लगायतका कार्यहरू गुणस्तरीय र पारदर्शी ढंगले सञ्चालन गरिएको मूल्यांकन गरिन्छ।
विशेषज्ञहरूका अनुसार नेपालको स्थानीय तहमा यस्तो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि हो। यसले अन्य स्थानीय निकायलाई पनि संस्थागत सुधार, पारदर्शिता र गुणस्तरीय सेवा व्यवस्थापनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया