चक्रपथ विस्तारको दोस्रो चरणमा चीनसँग सम्झौता, ११ अर्ब अनुदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८३, बिहीबार ०५:३२

काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत नेपाल र चीनबीच सहायतासम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्म करिब ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ। दोस्रो चरणले राजधानीको यातायात व्यवस्थापन सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा आउने समस्या तत्काल समाधान गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए। उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै चीनसँग थप पूर्वाधार लगानीको अपेक्षा व्यक्त गरे।

राजदूत माओमिंगले नेपालमा उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू अझ बढी सक्रिय हुने विश्वास व्यक्त गर्दै पूर्वाधार विकासमा सहकार्य विस्तार गर्न सकारात्मक संकेत दिएका छन्।

प्रतिक्रिया

Leave a Reply