गागलफेदी जंगलको भीषण आगो नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८३, बुधबार ०६:१५

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदी जंगलमा लागेको भीषण आगो अन्ततः नियन्त्रणमा ल्याइएको छ।

आगो नियन्त्रणका लागि दमकल टोली दिउँसो १४:१० बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो। कठिन भूगोल, बाक्लो धुवाँ र जोखिमपूर्ण अवस्थाबीच निरन्तर प्रयासपछि आगो नियन्त्रणमा ल्याउन सफल भएको हो।

दमकल टोलीले नियन्त्रण कार्य सम्पन्न गरी साँझ १७:३५ बजे सुरक्षित रूपमा फिर्ता भएको जानकारी दिइएको छ।

आगो नियन्त्रणमा खटिएका फायरफाइटर टोलीले जोखिमपूर्ण परिस्थितिमा देखाएको साहस, समर्पण र मेहनतप्रति उच्च प्रशंसा गरिएको छ। साथै, घटनास्थलमा सहयोग गर्ने स्थानीयवासीको भूमिकालाई पनि सराहना गरिएको छ।

वन क्षेत्रमा आगलागी नियन्त्रणपछि सम्भावित क्षति र कारणबारे थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

slot gacor