असार १६–१७ मा देशभर भारी वर्षाको सम्भावना, मौसम विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०८३, सोमबार ०५:३५

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिन अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र हिमाली भेगका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मौसमविद्का अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन थप सक्रिय भई देशका बाँकी क्षेत्रमा पनि फैलिने अवस्था बनेको हो।

महाशाखाले लगातारको वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्र्यान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। साथै, साना तथा ठूला नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्र तथा डुबान प्रभावित स्थानमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

मौसम विभागले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न र सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याएर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor